युरोपमा कोरोनाको नयाँ प्रतिबन्धविरुद्ध प्रदर्शन

maitrinews

 

युरोप । युरोपमा कोभिड १९ सङ्क्रमण बढ्न थालेसँगै नेदरल्यान्ड्समा लागु गरिएका लकडाउन सम्बन्धी नयाँ नियमहरूको विरोधमा प्रदर्शन भएको छ।

हेगमा प्रदर्शनकारीहरूले प्रहरीमाथि आगो फ्याँकेका थिए। उनीहरूले साइकलहरू पनि जलाइदिए।

अघिल्लो रात रोटरड्याममा भएको कोभिड प्रतिबन्ध विरोधी प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले गोली चलाएको थियो।

अस्ट्रिया, क्रोएशिया अनि इटलीमा पनि हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढिरहेको कोरोनाभाइरस सङ्क्रमणका कारण आफू ुुनिकै चिन्तितुु रहेको जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक डाक्टर हान्स क्लुग्अले युरोपभर प्रतिबन्धात्मक व्यवस्थाहरू कडा नपारिए आगामी वसन्तसम्ममा थप ५००,००० मानिसको मृत्यु हुनसक्ने बताए।

ुुकोभिड १९ फेरि हाम्रो क्षेत्रमा मृत्युको प्रमुख कारण बनेको छ,ुुउनले भने। भाइरससँग लड्नका लागि खोप अनि मास्क लगाउने जस्ता गरिनुपर्ने कार्यहरूबारे सर्वसाधारणहरूलाई थाहा भएको उनले टिप्पणी गरे।

कोभिड सङ्क्रमण फैलन नदिनका लागि कैयौँ सरकारहरूले नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्दै छन्।