ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित

maitrinews

 

काठमाडौँ । एमालेको १० औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । सर्वसम्मत हुने ओलीको आंकाक्षामा भीम रावलले चुनौती खडा गरेपछि उहाँ महाधिवेशनमा भएको मतदानबाट अत्यधिक बहुमतले निर्वाचित हुनुभएको हो ।

उहाँले १८३७ मत ल्याउनुभयो भने रावलले २२३ मत पाउनुभयो ।

२०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका ओली २०७५ सालमा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि पनि निरन्तर अध्यक्ष नै रहनुभयो । एमाले र माओवादी केन्द्रको एकता गत वर्ष फागुनमा अदालतको आदेशका कारण भंग भएपछि एमालेले १०औं महाधिवेशन गरेको हो ।
यो महाधिवेशनबाट ओलीलाई आफूअनुकूलको केन्द्रीय कमिटी तयार भएको छ ।