एमालेसँग सबै कुरा प्रष्ट छः महेश वर्तौला, नेकपा (एमाले) बागमती प्रदेश


काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेशका प्रचार विभाग प्रमुख महेश वर्तौलाले आगामी मंसिर–४ को निर्वाचनका लागि सबै तयारीसहित एमाले मैदानमा आएको बताउनु भएको छ । ‘नेकपा (एमाले) प्रष्टताका साथ निर्वाचनमा जाँदैछ । एमालेसँग सबै कुरा प्रष्ट छ,’ उहाँले भन्नुभयो, ‘नेकपा एमालेले जित्दा भोलिको सरकारको नेतृत्व कस्ले गर्ने ? पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने । हामीले टुङ्याई सक्यौँ । नेकपा एमालेका देशव्यपि उम्मेदवारका नाम हामीले टुङ्याई सक्यौँ । नेकपा एमालेको उम्मेदवार यो पटक नेकपा एमालेकै हुनेछ भनेर हामीले देशव्यापिरुपमा टुङ्याई सक्यौँ । चुनाव चिन्ह सूर्य हुने टुङ्गि सक्यो । गठबन्धनमा अहिले पनि अन्योल छ । प्रधानमन्त्री को ? चुनाव चिन्ह के ? भन्ने अन्योलता छ । गठबन्धनको उम्मेदवार कहाँबाट उठ्ने अन्योलता छ । त्यसैले एमाले देश बनाउने योजना के–हो भन्नेमा केन्द्रित भएर अघि बढेको छ ।’