बेलयातका नयाँ राजा चार्ल्स तृतीयको पहिलो पटक राष्ट्रका नाममा सम्बोधन

काठमाडौं । ८ सेप्टेम्बर २०२२ मा आफ्नी आमा, महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि चार्ल्स तृतीय संयुक्त अधिराज्य तथा १४ अन्य राष्ट्रमण्डल राज्यका राजा भएका हुन् । उनको जन्म १९४८ नोभेम्बर १४ मा लण्डनमा भएको थियो । चार्ल्स तृतीय बेलायतकी महारानी एलिजावेथ द्वितीयका जेठा छोरा हुन् ।संयुक्त अधिराज्यका नयाँ राजा चार्ल्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नी आमाले झै आफ्नो जीवन पुरै जीवनभर देश र जनताको सेवामा समर्पित हुने बताएका छन् ।

 

राजाको रूपमा पहिलो सम्बोधन गर्ने क्रममा उनले आफू आफ्नो माताको निधनबाट अत्यन्त दुःखी रहेको उल्लेख गरेका छन् । उनले आफ्नी आमालाई आफू र आफ्नो परिवारका लागि प्रेरणा र उदाहरणको पात्रका रूपमा चित्रित गर्दै प्रेम, स्नेह, मार्गदर्शन र उदाहरणका लागि अरू परिवारले आफ्नी आमासँग महसुस गर्ने जस्तै गरी आफू पनि ऋणी रहेको बताए ।

उनले भने, ‘महारानी एलिजाबेथको जीवन सार्थक रह्यो, उहाँले नियतिका साथ गरेको प्रतिबद्धता पूरा गर्नुभयो र उहाँको निधनमा गहिरो दुःख छ ।’

उनको सन्तानहरु प्रिन्स विलियम, ड्युक अफ क्याम्ब्रिज, राजकुमार ह्यारी रहेका छन् ।

अहिले आफूहरूसँगै बेलायतका बासिन्दा, उहाँ राष्ट्रप्रमुख रहेका सबै देशहरू, राष्ट्रमण्डल र विश्वभरका शुभेच्छुकहरू पनि दुखी रहेको राजा चाल्र्सले सबैप्रति कृतज्ञता व्यक्त ग् ।

‘मेरी आमाले ७० वर्षभन्दा लामो समयदेखि यति धेरै देशका मानिसको सेवा गरेकोमा हामी उहाँप्रति पनि कृतज्ञता प्रकट गर्न चाहन्छौं,’ उनले भने ।

एक शासकका रूपमा महारानी एलिजावेथ द्वितीयको समर्पण र प्रतिबद्धतामा जीवनभरी कहिल्यै कम नभएको पनि उनले उल्लेख गरे ।

राजनीतिक तथा पारिवारिक जीवनमा आएका उथलपुथल, खुशी, दुःख, समस्या आदि कुनै पनि बेला उहाँ विचलित नहुनु भएको राजा चाल्र्सले स्मरण गरेका छन् ।

 

उनका जीवन साथीका रुपमा युवराज्ञी डायनाको कार दुर्घटनामा निधन भएपछि उनले क्यामिला संग विवाह गरेका थिए ।

उनले राजगद्दीको जिम्मेवारी सम्हालेदेखिको ७० वर्षको दौरानमा समाज, विविध संस्कृति र विश्वासमा परिवर्तन भए पनि त्यसको सामना गर्नु ठूलो चुनौतीका रूपमा राजा चार्ल्सले उल्लेख गरे।