असोज ७ गते सार्वजनिक प्रदर्शनमा ‘प्रेमगीत ३’ 

काठमाडौं : सर्वाधिक चर्चामा आइरहेको  नेपाली कथानक चलचित्र प्रेमगीत ३ नेपाल र भारतमा असोज ७ गते रिलिज हुने भएको छ ।
चलचित्रको नेपाली संस्करण रिलिज हुने दिन नै हिन्दी संस्करण पनि हलमा लाग्ने भएको हो । उक्त चलचित्रकोपहिले नेपाली र त्यसको एकसातापछि हिन्दीमा रिलिज हुने बताइएको थियो ।
सन्तोष सेन र छेतेन गुरुङको निर्देशित फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारहरुको अभिनय रहेकाे छ ।
बलिउडमा भने फिल्मको हिन्दी भर्सन मात्र रिलिज हुन लागेको हो ।