पाकिस्तानमा बाढीबाट ५४ को मृत्यु

एजेन्सी : पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गत २४ घन्टामा ५४ जना व्यक्तिको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

विगत २ महिनामा १ हजार ४ सय ८१ को बाढीबाट ज्यान गएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

उक्त बाढीबाट सबैभन्दा बढी पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध प्रभावित भएको छ । सिन्धमा मङ्गलबार मात्र ४४ जनाको ज्यान गएको र अधिकांश बालबालिका तथा महिला परेको बताइएको छ ।

बाढीले ३ करोड ३० लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भई लाखौ नागरिक घरबारबिहिन भएका छन् ।

उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वा, पञ्जाव प्रान्तमा पनि बाढीले असर गरेको छ । सबैभन्दा बढी सिन्धमा र बलुचिस्तान, गिलगिट र बाल्टिस्तान क्षेत्रहरु बाढीको चपेटमा परेको छ ।