इन्द्रसरोबरमा विमोचन भयाे डा. डि. आर उपाध्यायका २६ वटा गीतहरूकाे संग्रह ‘श्लेषा’

काठमाडाैं, ८ असाेज । विश्वकीर्तिमानी गीतकार डा. डि. आर उपाध्यायको २६ वटा गीतहरूकाे संग्रह ‘श्लेषा’ इन्द्रसरोबर माथि विमाेचन भएकाे छ ।

गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणी देवकोटाको प्रमुख आतिथ्यतामा शनिबार विहान कुलेखानी स्थित मनोरम ताल इन्द्रसरोबरमा माथि डुङ्गामा बसेर ‘श्लेषा’ विमाेचन भएकाे थियाे ।

फरक फरक काम र फरक विषय रूचाउने डा. डि. आर उपाध्यायकाे याे अनाैठाे तरिकाकाे गीतकाे एल्वम विमाेचनमा अतिथिहरू नै छक्क परे । पाँच वटा डुङ्गामा पच्चिस तीस जना मानिसहरू व्यानर लगाएर कार्यक्रम गरिरहेका थिए ।

इन्द्रसरोबरकाे कन्चन तालमा फरक दृश्य सहितकाे कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, निर्देशक माइकल चन्द, मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, सुनिता खनाल, डा. सुभेच्छा थापा, सुरेन्द्र थापा, यमबहादुर, उद्धव खड्का, मिलन भण्डारी, दिनेश शर्मा, अमर थापालगायत हुनुहुन्थ्याे ।

कार्यक्रममा गीतकार डा. उपाध्यायले आफूले आफ्ना सिर्जना हरेक समय फरक तरिकाले प्रस्तुत गर्ने र त्यसलाई सार्वजनिक पनि फरक तरिकाले गर्दै आएकोमा यो एल्वम पनि पानी माथि बसेर विमोचन गरिएको बताउनुभयो ।

एल्वममा राखिदिए जिन्दगीको, मेरो चुल्बुले चुल्बुले, सन्तानको शीर, आऊ न आऊ, चौबन्दी चोलीमा, सुहाग रातमा, जूनेली उज्यालोमा, सृष्टिको कुनै, सपनीमा आउँछ्यौ, सिम्पल तरिका, विश्वभरी अमर, रुख रोपौं, मन मस्त मस्त, धन्यवाद धन्यवाद, नलाऊ नजरलगाएतका २६ वटा गीत संग्रहित छन् ।

गीत संगीत तथा विविध विधामा डा. डि. आर उपाध्यायको ११० विश्व कीर्तिमान रहेका छन् ।