शेयर बजारमा गिरावट कायमै, १ अर्ब ७ करोडकाे काराेबार

काठमाडाैं, ९ असाेज । शेयर बजार निरन्तर घटेकाे छ । आइतबार पनि नेप्से सूचक उच्च अंकले घटेर १८०० नजिक आइपुगेकाे छ। यस दिन नेप्से सूचक २३.८३ अंकले घटेर १८१५.१४ विन्दुमा झरेको छ।

आइतबार कारोबार रकम भने बढेको छ । आइतबार १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँ बराबरको ४० लाख १४ हजार ४१९ कित्ता शेयर कारोबार भएको छ।

आइतबारदेखि शेयर कारोबार सुरु भएको अभियान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने लक्ष्मी बैंकको २.६६ प्रतिशत, जोशी हाइड्रोपावरको २ प्रतिशत, बोटलर्स नेपाल (बालाजु) को २ प्रतिशत र आदर्श लघुवित्तको १.९८ प्रतिशतले बढेको छ।

यता, तेह्रथुम पावरको शेयरमूल्य सबैभन्दा धेरै ७.९० प्रतिशतले घटेको छ भने सामुदायिक लघुवित्तको ६.६५ प्रतिशत, निफ्राको ६.४१ प्रतिशत, बुद्धभुमी हाइड्रोपावरको ५.७४ प्रतिशत र अरुण भ्याली हाइड्रोपावरको ५.६३ प्रतिशतले घटेको छ।

आइतबार लक्ष्मी बैंकको सबैभन्दा धेरै २६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको ४ करोड २९ लाख, रिडी हाइड्रोपावरको ३ करोड ४९ लाख, निफ्राको २ करोड ५९ लाख र अरुण काबेली हाइड्रोपावरको २ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *