भक्तपुरको कुथुबहीमा थेरवादी विहार भवन उद्घाटन, बुद्धमूर्ति अनावरण

भक्तपुर, १३ मङ्सिर । भक्तपुरको दुधपाटीस्थित बौद्ध समकृत विहार (कुथुबही) मा नवनिर्मित थेरवादी विहार भवन उद्घाटन गरिएको छ । साथै विहार परिसरमा स्थापना गरिएको करिब सात फिट अग्लो सुनको जलप लगाइएको बुद्धमूर्ति अनावरण गरिएको छ ।

मंसिर १२ गते शनिबार आयोजित कार्यक्रममा नेपालका संघनायक भिक्षु बोधिसेन महास्थविरले विहार भवन उद्घाटन गर्नुभएको थियो भने अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष फ्राखु विशाल धम्मशोभन महास्थविरले बुद्धमूर्तिको अनावरण गर्नुभएको थियो ।

बौद्ध संघ भक्तपुरले चन्दा संकलन र जनश्रमदानबाट करिब २ करोड ७० लाख रुपैयाँ खर्च गरी विहार निर्माण गरेको जनाएको छ ।

कार्यक्रममा भिक्षुहरूले बुद्धपूजा तथा परित्राण पाठ गरेका थिए । निर्माणमा सहयोग गर्ने चन्दादातालाई धन्यवादपत्रसमेत प्रदान गरिएको थियो । वक्ताहरूले विहार निर्माणलाई धार्मिक तथा सामाजिक क्षेत्रको उदाहरणीय कार्यका रूपमा चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *