त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट अवैध डलर सहित एकजना पक्राउ

काठमाडौं, १० असाेज । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट अवैध डलर सहित प्रहरीले एकजना लाई पक्राउ गरेकाे छ ।

बिमानस्थलबाट अवैध रुपमा लुकाई लैजान लागेका अमेरिकी डलर १ सय दरको १ सय ५७ थान र अस्ट्रेलियन डलर १ सय दरको ५ सय ८४ थान सहित थाइल्याण्ड नागरिक ३८ वर्षीय पाेङफाेज सिङसुवानलाई शनिबार राति पक्राउ गरेको हाे ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनले बोकी आएको ह्‍याण्ड ब्यागभित्र उक्त नगद फेला पारेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले उनलाई आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीका लागि प्रहरी वृत्त गौशालामा पठाएको छ ।