धादिङबाट १३ किलाे गाँजा सहित एकजना पक्राउ

धादिङ, ११ असाेज । धादिङबेनिघाट १३ केजी अवैध लागूऔषध गाँजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने रुबिभ्याली गाउँपालिका-७ बस्ने २९ वर्षीय धन बहादुर गुरुङ रहेका छन् ।

उन लाई रोराङ गाउँपालिका-९ ज्यामिरेघाटबाट करिब १३ केजी अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको हाे ।

प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले उनलाई लागूऔषध सहित पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।