शेयर बजारमा दोहोरो अंकको वृद्धि, ६६ करोड काे काराेबार

काठमाडौं, ११ असोज । लगातार दुई दिन घटेको बजार तेस्रो कारोबार दिनमा नेप्से १५.९२ अंकले बढेको छ ।
यो साता नेप्से १५.९२ अंक बढेर १८३१.०५ बिन्दुमा पुगेर रोकिएको छ । शेयर बजार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको हाे ।
मंगलबार कुल २२९ स्टकको १६ हजार ८२३ वटा कारोबारबाट २१ लाख ७ हजार ७४२ कित्ता बराबरको कारोबार भएको छ ।
कारोबार रकम ६६ करोड ३० लाख १३ हजार भएको छ । होटल र पर्यटन तथा म्युचुअल फण्डबाहेक सबै उपसमूह सकारात्मक देखिएका छन्।
मंगलबार सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेर १३०८.९० रुपैयाँ पुग्यो । मंगलबार रिडी हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ ।