नेपालले बङ्गलादेशलाई ३–१ गोल अन्तरले हराए

काठमाडौं, ११ असाेज । मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गर्दै नेपाल विजयी बनेकाे छ ।
दशरथ रंगशालामा मंगलबार भएकाे खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो ।
नेपालले खेलको १८ औं मिनेटमा अन्जनको गोलबाट सुरुआती बनाएको थियो । विमल घर्तिमगरको फ्रिकिकमा अन्जनले हेडरमार्फत गोल गरेका हुन् ।
२७ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । ३८ औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३–० को अग्रता दिलाए ।
खेलको ५५ औं मिनेटमा सजाद होसेनले गोल गर्दै बंगलादेशलाई ३–१ को स्थितिमा ल्याए ।
त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् । खेलमा नेपाली टोली विजयी भए ।