भक्तपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

भक्तपुर, १२ असाेज । भक्तपुरमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेकाे छ ।
रामेछाप उमाकुण्ड गाउँपालिका-३ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट तल्लो हाईट बस्ने ३९ वर्षीय जयन्त थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
थापाले ती किशोरीलाई गत भदौ २१ गते दिउँसो आफ्नै घरकाे कोठामा जबरजस्ती करणी गरी भागेकाे प्रहरीले जनाएकाे छ ।
थापालाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको गरी अनुसन्धान गरिरहेको छ ।