मलमा सार्वजनिक भयाे ४५ वटा भिडियो कम्पाइल गरिएको एल्बम ईशा

काठमाडौं, १३ असोज । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासका डा.डीआर उपाध्यायको ४५ वटा भिडियो कम्पाइल गरिएको एल्बम ईशा मलमा सार्वजनिक गरिएकाे छ ।

बुधबार काठमाडौंको कमलापोखरीमा रहेको सिटी सेन्टरमा मलमा सपिङ गर्न आएका सयौं मानिसहरूकाे भीडमा ४५ वटा भिडियो कम्पाइल गरिएको एल्बम ईशा सार्वजनिक गरिएकाे थियाे ।

फरक दृश्यका साथ गरिएकाे लोकार्पण कार्यक्रममा गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणि देवकोटाकाले ‘ईशा’ लोकार्पण गर्दै उपाध्यायले आफ्ना सिर्जना श्रोता/दर्शकमाझ ल्याउदा सधैं अलगअलग र पृथक तरिका अपानाउँदै सार्वजनिक गर्ने क्रममा सिटी सेन्टरमा मलमा पनि पृथक तरिकाले सार्वजनिक गरेको बताउँदै उहाँलाई बधाई तथा शुभकामना दिनुभयो ।

एल्बम प्रमुख अतिथि देवकोटासहित सर्जक डा.उपाध्याय, सञ्चारकर्मी तुलसी गिरी, भोला अधिकारी, शुभाष प्रधान, निरज दाहाल, रमेश थापा, यमबहादुरलगायतले लोकार्पण गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा पत्रकार तुलसी गिरीले डा.उपाध्यायले फरक शैलीका कार्यले गर्दा नै यसअघि गीतसंगीत तथा विविध क्षेत्रमा ११० कीर्तिमान राख्न सफल भएको धारणा राख्नुभयाे ।

कार्यक्रममा कीर्तिमानी गीतकार डा.उपाध्यायले आफूले आफ्ना सिर्जना हरेक समय फरक तरिकाले प्रस्तुत गर्ने र त्यसलाई सार्वजनिक पनि फरक तरिकाले गर्दै आएकोमा यो एल्बम पनि मलमा ठूलो संख्यामा ग्राहकबीचमा विमोचन गरिएको बताउनुभयो ।

डा.उपाध्यायले गीतसंगीत तथा विविध विधामा ११० वटा विश्व कीर्तिमान राख्नुभएकाे छ ।