बाराही हाइड्रोको आइपीओ आजदेखि बिक्री खुला
काठमाडौं, ४ कात्तिक । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले शुक्रबारदेखि आइपीओ निष्कासन गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ निष्कासन गरेकाे हाे ।
बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका-१, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीय बासिन्दाहरूले आइपीओ खरिदका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा कात्तिक १८ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद मंसिर ४ गतेसम्म लम्बिनेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका ताकिएका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।
आइपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।