दाङ र शङ्कर एक अर्काका पर्याय

नेकपा एमालेका महासचिव शङ्कर पोखरेल नेकपा एमालेका अध्यनशील र वैचारिक नेतामध्ये एक प्रखर र भव्य एवम् उदात्त नेता मानिनुहुन्छ । उहाँ विक्रम सम्वत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तानको रुपमा जन्मिनु भएको हो । शङ्करको राजनीतिक यात्राकी सारथि जीवनसँगिनी सुजिता शाक्य र दुई छोरी सहितको उहाँको सानो परिवार छ । शङ्कर पोखरेल चितवनमा भएको भव्य र सभ्य दशौँ महाधिवेशनबाट नेकपा एमालेका शक्तिशाली महासचिव निर्वाचित हुनुभएको हो ।

वामपन्थी आन्दोलनमा विचारको खडेरी परेको अहिलेको समयमा नेकपा एमालेको बहुदलीय जनवादी विचारको व्याख्या र त्यसलाई नेपाली जनताको सुख र नेपालको समृद्धिका लागि व्यवहारमा उतार्न समेत सक्षम र कुशल व्यक्तित्व एवम् कुशल नेताका रूपमा शङ्कर पोखरेलले आफ्नो अद्भुत क्षमता देखाउँदै नेपाली राजनीतिमा आफ्नो विशिष्ट पहिचान बनाउनु भएको छ । त्रिभुवन विश्वविद्यालयबाट एमबिए तहको अध्ययन पूरा गर्नुभएका पोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता मध्ये एक मानिनुहुन्छ ।

मुलुकको आर्थिक, सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उहाँ प्रष्ट हुनुहुन्छ । तर, यो देशमा पटकपटक रजनीतिक परिवर्तन भयो, राजनीतिक परिवर्तनका लागि हामी मिल्न र लड्न सक्छौँ भने आर्थिक र समाजिक विकास गर्ने बेला हामी किन मिल्न सक्दैनौँ भनी उहाँ प्रश्न बेलाबेला उठाउँन सक्ने ल्याकत राख्नुहुन्छ । माओवादी महाधिवेशनमा पार्टीको तर्फबाट अतिथि भएर उहाँले जब आक्रोशपूर्ण ढङ्गले यो प्रश्न तेर्स्याउनु भयो ।

 कम्युनिष्ट नामका पसल धेरै भए पनि वैचारिक रूपमा बरालिएको यो आन्दोलनलाई वेचारिक ढङ्गले एक पार्न सक्ने नेताका रूपमा शङ्कर पोखरेलले आफ्नो व्यक्तित्व विकसित गर्नुभएको छ

त्यतिबेला आफूलाई परिवर्तनका बाहक भनेर स्वघोषण गर्ने माओवादी मूल नेतृत्व र प्रतिनिधिहरूमा सन्नाटा छाएको थियो । तर्क, प्रमाण र प्रशस्त आधारहरू दिएर तेजतर्रार र दमदार भाषण गर्ने शङ्करलाई आम मानिसले मदन भन्डारीको नयाँ संस्करणका रूपमा हेर्ने गर्दछन् । हुन पनि हो, कम्युनिष्ट नामका पसल धेरै भए पनि वैचारिक रूपमा बरालिएको यो आन्दोलनलाई बैचारिक ढङ्गले एक पार्न सक्ने नेताका रूपमा शङ्कर पोखरेलले आफ्नो व्यक्तित्व विकसित गर्नुभएको छ ।

युद्धका नाममा हतियार उठाएर कुहिराको काग बनेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उहाँले पनि अहम् भूमिका खेल्नु भएको छ । आत्मघाती बाटोमा हिँडेका र मुलुकमा ठूलो धनजनको विनाश गरेपछि अत्तालिएर हतियार बिसाउन हतारिएका अनि सर्वनाश हुनबाट जोगिन छटपटाएका माओवादीहरूको आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लामा शान्ति पदयात्राको नेतृत्व पनि उहाँले गर्नुभएको थियो । माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको सचिव भएर उहाँले आफ्नो कार्यकुशलता प्रदर्शन गर्नुभएको छ ।
यद्यपि आज माओवादीका कुनै वैचारिक एजेन्डा छैनन् र बचेखुचेका ती एजेन्डा पनि मरिसकेका छन् ।

किनभने हिजो नौलो जनवाद ल्याउन लोकतन्त्रका विरुद्ध हतियार उठाउने त्यो दलले त्यतिबेलै नौलो जनवादी विचार र सिद्धान्तलाई नयाँ दिल्लीबाट दागबत्ती ल्याएर बारबुँदेका दाउरा जोरजाम पारेर मसानघाटमा दाहसंस्कार गरिसकेको थियो । अहिले त झन् माओवादी मुलुकलाई अस्थिरताको गर्तमा जाक्ने सत्ता परिवर्तनको पेन्डुलम जोकर र ब्रोकर बन्न पाएकामा मक्ख छ । उसले सत्तारूढ हुने र सत्ताको चरम दोहन गर्न कहिले बायाँ र कहिले दायाँतर्फ बसेर बल्छी थाप्ने काम मात्र गरिरहेछ ।

अहिले त झन् माओवादी मुलुकलाई अस्थिरताको गर्तमा जाक्ने सत्ता परिवर्तनको पेन्डुलम जोकर र ब्रोकर बन्न पाएकामा मक्ख छ । उसले सत्तारूढ हुने र सत्ताको चरम दोहन गर्न कहिले बायाँ र कहिले दायाँतर्फ बसेर बल्छी थाप्ने काम मात्र गरिरहेछ

संसदीय व्यवस्थाका विरुद्ध हतियार उठाएर संसदीय व्यवस्थामै नाकका चालले फर्किने भनेर त्यसले सुरु गरेको जनयुद्धका बेला कही कतै लेखिएको थियो कि थिएन त्यो हिसाबकिताब पनि एक दिन होला नै । तर जनमुक्तिका लागि लडिएको जनयुद्धका नाममा गरिएको त्यत्रो विध्वंशमा बाँडेका सपनालाई चौबाटोमा अलपत्र पारेर सत्रहजारका सपनामा डढेलो लगाउनु उसले भनेको जनयुद्धका सहिदप्रति चरम बेइमानी थियो भन्ने दुनियाले बुझेकै छ । नेता शङ्कर पोखरेल माओवादी मात्र होइन राजनीतिका नाममा गरिने यस्ता कुनै पनि प्रकारको र हिँसाका कट्टर आलोचक हुनुहुन्छ ।

यिनै बौद्धिक र वैचारिक नेता शङ्कर पोखरेलले प्रस्तुत गरेको देशमा राजनीतिक परिवर्तन सम्बन्धी सोचलाई पार्टीको नवौँ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाको रुपमा आत्मसात गरेको थियो । यसबाट मुलुकको सामाजिक विकास र आर्थिक विकासको प्रस्ट भिजन नेता पोखरेलसँग छ भन्ने थप पुष्टि हुन्छ ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गर्नुभएका पोखरेलको वैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलता अद्वितीय नै मानिन्छ । भारतको बनारस हिन्दू विश्वविद्यालयमा अध्ययनरत छँदा उहाँले प्रवासी नेपाली विद्यार्थीको नेताको रुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाँले प्रवासमा छँदै अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी बहन गरेका थिए । उहाँ नेपाल फर्केर त्रिभुवन विश्व विद्यालय अध्ययन गर्दागर्दै त्रिविविको स्ववियु सभापति बनेर आफ्नो दक्षता समेत प्रदर्शित गरिसक्नु भएको छ ।

महान् र आदर्श मानिएका कतिपय नेताको सुकिलो छविमा मन्त्री पदमा पुगेपछि दाग लागेको वा लगाइएको हामीले देखेका छौँ । शङ्कर पोखरेल मन्त्री बनेर निस्कँदा समेत बेदाग निस्किनु भयो । अहिले दाङ र शङ्कर एक अर्काका पर्याय बनेका छन् । सातओटा प्रदेशमध्ये लुम्बिनी प्रदेश मात्र यस्तो प्रदेश थियो जसले मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशमा विकास बजेटलाई फ्रिज हुन दिएनन् र पूर्णरूपमा प्रदेश विकासमा लगानी गर्नुभयो ।

दाङमा सडक पूर्वाधारमा दुई अर्ब पचास करोड लगानी भयो । शहरी विकासमा एक अर्ब पचास करोड, खानेपानीमा दुई अर्ब र सिंचाइमा एक अर्ब लगानी भयो । स्वास्थ्यतर्फ एक अर्ब र पर्यटन, वन र वातावरणमा पचास करोड तथा विविधमा पचास करोड लागानी भयो । यो सबै रकमको सदुपयोगबाट पाँच वर्ष अघिको दाङको अनुहार भन्दा अहिलेको दाङ हेर्न लायक र विकासशील बन्यो

त्यसै समयमा दाङमा दङालीले गौरव गर्न लायक कामहरू भए । दाङमा सडक पूर्वाधारमा दुई अर्ब पचास करोड लगानी भयो । शहरी विकासमा एक अर्ब पचास करोड, खानेपानीमा दुई अर्ब र सिंचाइमा एक अर्ब लगानी भयो । स्वास्थ्यतर्फ एक अर्ब र पर्यटन, वन र वातावरणमा पचास करोड तथा विविधमा पचास करोड लागानी भयो । यो सबै रकमको सदुपयोगबाट पाँच वर्ष अघिको दाङको अनुहार भन्दा अहिलेको दाङ हेर्न लायक र विकासशील बन्यो । मुलुकको शक्तिशाली पार्टीका शक्तिशाली नेता शङ्करको विजय सिङ्गो दाङ र दाङबासीकै विजय हो भन्ने दङालीले बुझिसकेका छन् ।

सिङ्गो नेपालले गौरव गर्न लायक नेता जन्माउने दाङ आज उनलाई प्रतिनिधि सभामा जिताउन आतुर छ । उनी मुख्य मन्त्री बन्दा दाङका गाउँ वस्तीहरूमा पुगेको विकासले दाङको अनुहार उद्दीप्त छ । लोकतन्त्रप्रति निष्ठा राख्ने जो कसैका हात पनि रक्तरञ्जित हँसियातिर हत्पती जान गारो छ जानु पनि हुँदैन । आफूले मत दिँदा कुनै नेता राष्ट्रकै नेतृत्वमा पुग्न सक्छ भने त्यस्तालाई मत दिनु मतदाताका लागि समेत गौरव र गरिमा कै कुरो हो । यो कुरो दङालीके राम्ररी बुझेका छन् । भद्र र प्रखर नेता शङ्कर पोखरेललाई विजयको अग्रिम शुभकामना !!!!

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *