मतदाता नामावली दर्ताका लागि अनलाइन फारम भरेपछि जुनसुकै कार्यालयबाट पनि गर्न सकिने

काठमाडौँ, २२ असाेज । निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने जनाएको छ।

निर्वाचन आयोगको अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने आयोगले बुधबार जारी गरेको सूचनामा उल्लेख छ।

फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने जनाएको छ।

जारी सूचनामा भनिएको छ, ‘कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि https://applyvr.election.gov.np बाट अनलाईन फाराम भरी जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

आयोगका अनुसार काठमाडौं उपत्यकाभित्र मिनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय, जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय, ललितपुर र सल्लाघारी सिर्जनानगर स्थित जिल्ला निर्वाचन कार्यालय, भक्तपुरमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने आयाेगले जनाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *