तिहारपछि भएकाे पहिलो कारोबामै बढ्याे नेप्से

काठमाडाैं, १४ कात्तिक । तिहारपछि भएकाे पहिलो कारोबार दिन, नेप्से परिसूचक बढेर बन्द भएकाे छ ।

यस दिन नेप्से परिसूचक १६.३९ अंक बढेर १८७४.८७ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.९३ अंक बढेको छ।

यस दिन २२४ स्टकको १७ हजार ७४८ पटकको कारोबारमा ६९ करोड ७३ लाख १७ हजार रुपैयाँ बराबरको २५ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन २८ रुपैयाँ ५० पैसा बढेर ३१३ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, यस दिन नेपाल एसबिआई बैंकको मूल्य ८.२४ प्रतिशत बढेको छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७.०७ प्रतिशत र एनआईसी एशियाको ६.८० प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ६ करोड १७ लाख २१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.६५ प्रतिशत बढेको छ।