नेप्सेमा उकालाेकाे निरन्तरता, कारोबार रकम पनि बढ्यो

काठमाडाैं, १६ कात्तिक । नेप्से परिसूचक निरन्तर उकालाे लागेकाे छ । साताकाे चौथो कारोबार दिन नेप्से परिसूचक ७.३२ अंक बढेर १९३८.३० विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.७९ अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२७ स्टकको २९ हजार ४७ पटकको कारोबारमा १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँ बराबरको ४३ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहको परिसूचकमध्ये ३ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १० उपसमूहको परिसूचक बढेको छ। कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट् शीर्ष स्थानमा रहेको छ।
सो कम्पनीको यस दिन ७ करोड ८५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको साढे ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने रिडी हाइड्रोपावरको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, जोशी हाइड्रोपावर, मानुषी लघुवित्त, ग्रीनलाइफ हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यता सबैको लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढी घटेको छ।