यो चुनाव सामान्य चुनाव होइन, देशले जित्ने कि हार्ने चुनाव हाे: अध्यक्ष ओली

भक्तपुर, ३० कात्तिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सामान्य चुनाव नभइ देशले जित्ने कि हार्ने चुनाव भएकाे बताउनुभएकाे छ ।

एमाले भक्तपुर क्षेत्र नं २ ‘१’ प्रदेशसभा निर्वाचन परिचालन कमिटीले हिजाे आयोजना गरेको चुनावी सभामा बाेल्दै वहाँले सामान्य चुनावको रुपमा लिन नहुने बताएका बताउनुभएकाे हाे ।

अध्यक्ष ओलीले मङ्सिर ४ को चुनाव बहुदलीय व्यवस्थामा जस्तो आइरहने चुनाव नभइ देशले जित्ने कि हार्ने चुनावको रुपमा लिनुपर्ने बताउनुभयाे ।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘अब निर्वाचनले पाँच वर्षसम्म स्थायित्व हुने सरकार निर्माण गर्ने चुनाव हो, यो चुनाव दह्रो राष्ट्रिय शक्ति निर्माण गर्ने चुनाव हो।’

उनले आफ्ना कार्यकर्तालाई मत रक्षा गर्न, मत विस्तार गर्न र अत्यधिक मतले आफ्ना उम्मेदवारलाई विजयी सुनिश्चित गर्न निर्देशन दिनुभयाे ।

भक्तपुर क्षेन नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले विगत पाँच वर्षमा भएका विकास देशकै नमूना भएको भन्दै बाँकी विकासका काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताए।