कांग्रेस सभापति देउवाले डडेलधुरा र सहमहामन्त्री मन्सुरले बारामा मतदान

काठमाडौँ, ४ मंसिर । नेपाली कांग्रेसका सभापति एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डडेल्धुरामा मतदान गर्नुभएको छ । उहाँले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र (ख) बाट मतदान गर्नुभएको हो । उहाँले आफूले मतदान गरेपछि मतदान गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ । तस्बिर सार्वजनिक गर्दै उहाँले भन्नुभएको छ– ‘मैले मतदान गरे, तपाईँहरु पनि मतदानमा सहभागी हुनुहोला ।’
त्यसैगरी नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले बारा जिल्लाबाट मतदान गर्नुभएको छ । उहाँले कलैया उपमहानगरपालिका वडा नम्बर ५ को रामराजा क्यापसबाट मतदान गर्र्नुभएको हो ।