गठबन्धनका कारण मतदातामा निरासा, मुलुकभरीबाट खस्यो ६१ प्रतिशत मात्रै मत

काठमाडौं, ४ मंसिर । निवौचन आयोगले दिएको जानकारी अनुसार आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मात्रै मत खसेको छ । यो केही महिना अघि सम्पन्न स्थानीय तहको निर्वाचनमा खसेको मत भन्दा झण्डै ६ प्रतिशतले कम हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मतदान भएको जानकारी दिनुभएको छ ।

यो पटक यसरी कम मतदान हुनुका केही कारण मध्ये गठबन्धनप्रतिको वितृष्णा मुख्य देखिएको छ । यो निर्वाचनमा मुख्य गरेर नेपाली कांग्रेस, माओवादी, नेकपा समाजवादीलगायतका दलले गठबन्धन गरेका थिए । एमालेले भने केही स्थानमा चुनावी तालमेल गरेको थियो । धेरै निर्वाचन क्षेत्रमा आफ्नो दलको उम्मेदवार नभएपछि मतदान प्रक्रियामा नै सहभागी नभएका कारण पनि मतदान कम भएको विश्लेषण गरिएको छ ।

यो निर्वाचनमा मुख्य गरेर नेपाली कांग्रेस, माओवादी, नेकपा समाजवादीलगायतका दलले गठबन्धन गरेका थिए । एमालेले भने केही स्थानमा चुनावी तालमेल गरेको थियो । धेरै निर्वाचन क्षेत्रमा आफ्नो दलको उम्मेदवार नभएपछि मतदान प्रक्रियामा नै सहभागी नभएका कारण पनि मतदान कम भएको विश्लेषण गरिएको छ

काठमाडौँ उपत्यकाका अधिकांश निर्वाचन क्षेत्रमा चुनावी गठबन्धन भएको छ । ती निर्वाचन क्षेत्रमा कम मतदान भएको छ । उदाहरणका लागि काठमाडौँ क्षेत्र नम्बर ९ मा यो पटक एकातिर गठबन्धन र अर्कोतर्फ एमाले चुनावी मैदानमा थियो । तर, पनि अघिल्लो निर्वाचनको तुलनामा धेरै कम मत खसेको छ । त्यस क्षेत्रमा मतदानमा सहभागी नभएका केही मतदातासँग प्रतिक्रिया लिदाँ उनीहरुले आफुले पहिलादेखि नै मत हाल्दै आएको दलको चुनाव चिन्ह नै नभएपछि मत हाल्न नभएको प्रतिक्रिया दिए । काठमाडौँ क्षेत्र नम्बर २ को अवस्था पनि ९ को भन्दा फरक छैन ।

त्यस क्षेत्रका मतदाताले पनि गठबन्धनप्रति ठूलो आक्रोश व्यक्त गरेका छन् । विगतमा कांग्रेसलाई मतदान गर्ने केही मतदाताले यो पटक एमालेलाई भोट दिएको बताएका छन् भने केहीले आफ्नो उम्मेदवार नभए पनि स्वतन्त्रलाई दिएको प्रतिक्रिया दिएका छन् । यस्तो अवस्था अन्य निर्वाचन क्षेत्रमा पनि देखिएको छ । यो अवस्थाले पनि यो निर्वाचनमा कांग्रेसको सोचे जस्तो मत नआउने बुझिएको छ भने गठबन्धनका अन्य दललाई पनि केही सकस पर्ने देखिएको छ ।

थपलियाका अनुसार सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको छ । सुर्खेत, नवलपरासी पूर्व र गुल्मी जिल्लाका एकरएक वटा मतदान स्थलमा स्थगित भएका छन् भने बाँकी बाजुराका मतदान स्थलमा स्थगित भएका हुन् । निर्वाचनका क्रममा बाजुरामा एक जनाको मृत्यु भएको पनि प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो ।

थपलियाका अनुसार सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको छ । सुर्खेत, नवलपरासी पूर्व र गुल्मी जिल्लाका एकरएक वटा मतदान स्थलमा स्थगित भएका छन् भने बाँकी बाजुराका मतदान स्थलमा स्थगित भएका हुन् । निर्वाचनका क्रममा बाजुरामा एक जनाको मृत्यु भएको पनि प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो

कुल ३४ लाख १२ हजार ८ सय ६९ जना मतदाता रहेको बागमती प्रदेशमा सबै भन्दा बढी रसुवामा ७४ प्रतिशत मत खसेको छ । कुल ३४ लाख १२ हजार ८६९ जना मतदाता रहेको यस प्रदेशमा प्रतिशतका आधारमा सबैभन्दा बढी मत रसुवामा खसेको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अनुसार काठमाडौँमा ६० प्रतिशत मात्रै मत खसेको छ ।