निर्वाचन आयाेगले आज समानुपातिक सांसद्लाई प्रमाणपत्र वितरण गर्दै

काठमाडौं, ३ पुस । निर्वाचन आयोगले आज आइतबार समानुपातिक सांसद्हरूलाई प्रम‍ाणपत्र वितरण गर्ने भएकाे छ ।

आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न राजनीतिक दलबाट चयन भएका समानुपातिक सांसद्लाई प्रमाणपत्र दिन लागेको हो ।

लौनचौरस्थित निर्वाचन आयोगको कार्यालयबाट आज दिउँसो १ बजे प्रमाणपत्र वितरण गर्न लागिएको बताइएको छ ।

समानुपातिकतर्फ नेकपा एमालेबाट ३४, नेपाली कांग्रेसबाट ३२, नेकपा माओवादी केन्द्रबाट १४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३, राप्रपाबाट ७, जसपा ५ र जनमतको ५ गरी कुल ११० समानुपातिक सांसद्ले आज प्रमाणपत्र पाउँदैछन् ।