संरक्षणको पर्खाइँमा पर्वतको घुमाउने घर
पर्वत, ४ मंसिर। पर्वतको आर्थरडाँडाखर्कमा रहेका परम्परागत घुमाउने घर संरक्षणको अभावमा खण्डहर बनेका छन् ।
गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँका अधिकांश परिवार सहरतिर बसाइँसराइ गर्दा गाउँका घर खाली भएका हुन् ।
गाउँमा आजकल आधुनिक घर निर्माण गर्ने क्रम बढेकाले परम्परागत पुराना घरको संरक्षण हुन नसकेको हो ।
पर्यटनका लागि आर्थरडाँडाखर्क सम्भावना बोकेको गन्तव्य हो । सदरमुकाम कुश्मादेखि सजिलै पुग्न सकिने भएकाले आन्तरिक पर्यटक गाउँले वातावरणमा रमाउन यहाँका पाहुना घरमा आउने गर्छन् ।
भत्केको भए पनि पुरानो शैलीका घुमाउने घरले पर्यटकको ध्यान तान्ने गरेको छ ।