म्यारोडोना युगमा जन्मिएका मेसी

सायद विश्वकप जित्नकै लागि जन्मिएका हुन् कि मेस्सी ?

काठमाडौं, ४ पुस । अर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जित्दा डिएगो म्याराडोना क्याप्टेन थिए । त्यस अघि पनि अर्जेन्टिनाले सन् १९७८ विश्वकपको उपाधि उचालेको थियो । फुटवलको इतिहासमा जादूमय छवि छाड्न सफल म्यारोडोनाको ६० वर्षको उमेरमा २५ नोभेम्बर २०२० हृदयाघातका कारण निधन भयो ।

संयोग कस्तो भने सन् १९८६ मा विश्वलाई नै चकित पारेर अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको एक वर्षपछि अर्थात सन् १९८७ मा जन्मिएका लियोनेल आन्द्रेस मेसीले दोहास्थित लुसेल रंगशालामा आइतबार राति भएको खेलमा अर्जेन्टिनालाई विश्वकपको तेस्रो उपाधि जिताउन सफल भएका छन् । आफ्नो फुटवल जीवनको अन्तिम–अन्तिमतिर अर्जेन्टिनालाई विश्वकपको तेस्रो उपाधी जिताउन महत्वपूर्ण भूमिका खेलेका कप्तान मेसीले गोल्डेन बल पनि जितेका छन् ।

एशियाको लुसेल रंगशालामा सेतो र नीलो रंगको टीशर्टले ढाकिएको कतारको खेल मैदानमा साबिक विजेता फ्रान्सलाई टाईब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले लिओनेल मेसीको कप्तानीमा कतारमा जारी २२ औं विश्वकपको उपाधि जित्दा विश्व नै एक पटक जुरुक्क उठेको थियो । विश्व कप फुटबलको फाइनल हेर्न कतारको रंगशालामा भेला भएका हजारौं अर्जेन्टिनी फुटबलप्रेमिहरुको मात्रै होइन मेसीको जादूमय खेललाई एकै पटक नियाँली रहेका विश्वका करीब ४ करोड जनसंख्याले खुशी मनाएका थिए ।

संयोग कस्तो भने सन् १९८६ मा विश्वलाई नै चकित पारेर अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको एक वर्षपछि अर्थात सन् १९८७ मा जन्मिएका लियोनेल आन्द्रेस मेसीले दोहास्थित लुसेल रंगशालामा आइतबार राति भएको खेलमा अर्जेन्टिनालाई विश्वकपको तेस्रो उपाधि जिताउन सफल भएका छन्

तर, अर्जेन्टिनाले यो उपाधी उचाल्दै गर्दा फुटवलमा जादूमय छवि र आन्तरिक जीवनमा विवादास्पद छवि बनाउनु भएका म्यारोडोनाको अभाव लुसेल रंगशालामा पनि देखिएको थियो । यदि म्यारोडोना जीवित थिए र त्यहाँ उपस्थित थिए भने त्यो जितमा अवश्य पनि केही न केही हंगामा गरेर उनी विश्वको ध्यान एक पटक फेरि केन्द्रित गर्ने थिए ।

तर, यो विश्वकप हुनु भन्दा करीब २ बर्ष अघि नै यो धर्तीबाट विदा भएका म्यारोडोनाको अनुपस्थितिमै अर्जेन्टिनाले म्यारोडोना युगमा जन्मिएका मेसीको कप्तानीमा जादूमय जित निकाल्दै गर्दा लुसेल रंगशाला मात्रै होइन विश्व नै जुरुक्क उठ्यो । चार करोड ५६ लाख बढी जनसंख्या भएको अर्जेन्टिना अहिले पनि अर्थतन्त्रले नाजुक अवस्था व्यहोर्न बाध्य छ । तर, विश्वकप उपाधिले अर्जेन्टिनेलीहरु जितमा खुशी मनाइरहेका छन् ।