२ अर्ब ६ करोडको कारोबारसंगै दोहोरो अंकले बढ्याे नेप्से

काठमाडौं, २६ माघ । साताको अन्तिम कारोबार दिन सेयर बजार दाेहाेराे अंकले बृद्धि भएर बन्द भएकाे छ । यस दिन नेप्से परिसूचक १२.४५ अंकले वृद्धि भएर २१८२.६३ अंकमा बन्द भएको छ ।
दिनभर रातो देखिएको बजार अन्तिम समयमा दोहोरा अंकले बढेर बन्द भएको हाे । नेप्सेमा सुधार देखिएपनि मौद्रिक नीति समीक्षाको पखाईमा लगानीकर्ता देखिएका छन् । यस दिन २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँ बराबरको ५६ लाख ४८ हजार २१२ कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन अपि पावरको सर्वाधिक ५ करोड ८६ लाख ५५ हजारको कारोबार भएकाे छ भने नबिल बैंकको ५ करोड ७३ लाख ५५ हजार र ङ्यादी ग्रुप पावरको ५ करोड ३३ लाख ७ हजारको कारोबार भएको छ ।
बिहीबार म्युचुअल फण्ड बाहेक सबै उपसूचक वृद्धि हुँदा नेप्से पनि दोहोरो अंकले बढेको हो । बिहीबार विकास बैंक उपसूचक सर्वाधिक १.४६ प्रतिशत र हाइड्रोपावर उपसूचक १ प्रतिशतले वृद्धि भएको छ ।