त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित
काठमाडौं, २७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।
पर्यटन मन्त्रालयले थाइ स्माइल जहाजको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन घुस मागेको पाइएपछि ठाकुरलाई निलम्बन गरिएको हो ।
प्रारम्भिक अनुसन्धानमा थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग लेनदेनसम्बन्धी गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएको छ । उनलाई थप कारबाहीका लागि अख्तियारमा पठाउने निर्णय गरिएको छ ।
यसअघि ९ माघमा त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो ।