दुई बौद्ध लेखकलाई ‘पञ्चवीर सिंह पुरस्कार’ प्रदान

काठमाडौं, २९ माघ । नेपालभाषामा लेखिएका उत्कृट बौद्ध लेखलाई वर्षेनि दिइँदै आएकोे ‘पञ्चवीर सिंह पुरस्कार’ हिजो एक समारोह बीच प्रदान गरियो । यो वर्ष उक्त पुरस्कार लेखकद्वय उपप्रा. उर्मिला ताम्राकार र सरोज मानन्धरलाई प्रदान गरिएको हो ।

काठमाडौंको भृकुटीमण्डपस्थित बुद्ध विहारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार हितकरवीर सिंह कंसाकारले उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

कार्यक्रममा बुद्ध विहारका प्रमुख भिक्षु कोण्डन्य महास्थविर, पुरस्कारका दाता पञ्चवीर सिंह तुलाधर, आयोजक संस्था युवा बौद्ध समूहका अध्यक्ष मदनबहादुर तुलाधर, पूर्व अध्यक्ष डा. त्रिरत्न मानन्धर, निर्णायक मण्डलका सदस्यद्वय प्रेमहिरा तुलाधर, राजु शाक्यले पनि मन्तव्य राख्नुभएको थियो ।