मौद्रिक नीतिको समीक्षाले शेयर बजारमा भारी गिरावट

काठमाडाैं, २९ माघ । सरकारकाे माैद्रिक नीतिकाे अर्धवार्षिक समीक्षा शेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार गरेकाे मौद्रिक नीतिकाे अर्धबार्षिक समीक्षाले शेयर बजारमा झण्डै ३ प्रतिशतले गिरावट आएकाे छ । उक्त समीक्षामा केन्द्रिय बैंकले लगानीकर्ताहरू निरास बनेका छन् ।

आइतबार नेप्से सूचक ६०.८८ अंकले घटेर २१२१.७५ विन्दुमा झरेको छ। यस दिन कारोबार रकम भने ३ अर्ब रुपैयाँ माथि पुगेको छ। यस दिन ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँ बराबरको ८१ लाख ३९ हजार ८४० कित्ता शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा हाइड्रोपावर, फाइनान्स लगायतका उपसमूहको सूचक ४ प्रतिशतभन्दा धेरैले घटेको छ।

यस दिन खप्तड लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै करिब ५ प्रतिशतले बढेको छ भने सामलिङ्ग पावर, सयपत्री हाइड्रोपावर, बाराही हाइड्रोपावरको शेयरमूल्य २ प्रतिशतभन्दा धेरै बढेको छ।

आइतबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावर, अपि पावर र अपर तामाकोशी हाइड्रोपावरको उच्च शेयर कारोबार भएको छ।