राप्ती नदीमा डुबेर एक युवाको मृत्यु

चितवन, ३ फागुन । चितवनको रत्ननगर नगरपालिका–७ बद्रेनीस्थित राप्ती नदीमा डुबेर एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ३१ वर्षीय प्रसन्न न्यौपाने रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

न्यौपानेको शव आज बिहान १०ः३० बजे नदीमा डुवेको अवस्थामा माझीहरुले देखेका थिए । मृतकका शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।

घटनाका बारेमा इलाका प्रहरी कार्यालयले अनुसन्धान सुरु गरेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।