पाँचाैं कारोबारपछि ३३.५७ अंकले बढ्याे नेप्से

काठमाडाैं, १० फागुन । निरन्तर पाँच कारोबार दिन ओरालो लागेको नेप्से बुधबार भने बढेर बन्द भएको छ। १३५.८२ अंक घटेको नेप्से परिसूचक यस दिन ३३.५७ अंक बढेर २०८०.३८ विन्दुमा पुगेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ४.८० अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३४ अंक बढेको छ।

यस दिन २६९ स्टकको ३९ हजार ९९६ पटकको कारोबारमा १ अर्ब ८० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १३ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यस दिन ३ स्टकको शेयर ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन लिबर्टी इनर्जीको शेयरमूल्य सर्वाधिक ९.८० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन छ्याङ्दी हाइड्रोपावर र दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन पिपुल्स पावरको शेयरमूल्य ८.४० प्रतिशत बढेको छ।

यस दिन आदर्श लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य २१३ रुपैयाँ घटेर १ हजार ९१७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १० उपसमूहको परिसूचक बढेको छ।