विदेश पठाउने शिक्षा होइन स्वदेशमा रोजगारी सिर्जना गर्ने शिक्षा अहिलेको आवश्यकताः सुरेन्द्र बस्नेत (भिडियो अन्तर्वार्ता)
काठमाडौं, २१ फागुन । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले उपयुक्त वातावरण निर्माण गर्ने हो भने नेपालमा संभावना नै संभावना रहेको बताउनु भएको छ । मत्रिन्युजसँग भिडियो संवाद गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘हामीसँग बुद्धको जन्मस्थल लुम्बिनी छ, अर्वौ मानिसको श्रद्धाको केन्द्र पशुपतिनाथ छ, हामीसँग विश्वको सर्वोच्च शिखर सगरमाथा छ,’ उहाँले भन्नुभयो, ‘अरु यस्ता थुप्रै आस्थाका केन्द्रहरु छन् ।
त्यसैले हामीले हाम्रो लुम्बिनी, पशुपति र सगरमाथालाई शीरमा राखेर पर्यटन, कृषि, उद्यमको तीर चलाउन सक्यौँ भने विकास र समृृद्धिको खिर खान हामी नेपालीलाई समय लाग्दैन ।’
उहाँले राष्ट्रिय युवा परिषद्ले युवा उद्यमी विकास गरेर स्वदेशमै रोजगारीको सिर्जना गर्ने कुरालाई ध्यानमा राखेर अघि बढेको बताउनुभयो । उहाँले नेपालमा एउटा बेरोजगार उत्पादन गर्ने र अर्को विदेशमा शिक्षाको प्रमाण पत्र बेच्ने दुई खालको शिक्षा नीति रहेको भन्दै त्यसको सुधारका लागि शिक्षा नीतिमै सुधारको खाँचो रहेको पनि औँल्याउनु भयो
उहाँले राष्ट्रिय युवा परिषद्ले युवा उद्यमी विकास गरेर स्वदेशमै रोजगारीको सिर्जना गर्ने कुरालाई ध्यानमा राखेर अघि बढेको बताउनुभयो । उहाँले नेपालमा एउटा बेरोजगार उत्पादन गर्ने र अर्को विदेशमा शिक्षाको प्रमाण पत्र बेच्ने दुई खालको शिक्षा नीति रहेको भन्दै त्यसको सुधारका लागि शिक्षा नीतिमै सुधारको खाँचो रहेको पनि औँल्याउनु भयो ।