अतिविपन्न र लोपोन्मुख जातिलाई बागमती प्रदेशले विमा रकम व्यहोर्ने मेरो पहिलो निर्णय होः रामेश्वर श्रेष्ठ, स्वास्थ्यमन्त्री (भिडियो सम्वाद)

 

काठमाडौं, २५ फागुन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले आफू मन्त्री भएपछि को पहिलो निर्णय आश्रित परिवार अति विपन्न र लोपोन्मुख जातिलाई बागमती प्रदेशले विमा रकम व्यहोर्ने गरेको बताउनु भएको छ । मैत्रिन्यजुसँग भिडियो सम्वाद गर्दै उहाँले त्यस्तो बताउनु भएको हो ।

उहाँले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै बागमती प्रदेशको स्वास्थ्य नीति बनाउने प्रक्रिया अघि बढाएको पनि बताउनु भयो । त्यसैगरी प्रदेश मातहतका स्वास्थ्य संस्थाहरुमा जनशक्ति अभावमा सेवा प्रवाहमा कुनै समस्या नहोस् भन्ने उदेश्यले आवश्यकताका आधारमा पदपूर्ति गर्ने गरी ओएनएम प्रक्रिया अघि बढाएको पनि जानकारी दिनुभयो । समय सापेक्ष ऐन संशोधन गर्ने विषयलाई पनि प्राथमिकतामा राखेर अघि बढाएको उहाँले जानकारी दिनुभयो । श्रेष्ठसँग गरेको भिडियो सम्वादः