काठमाडौं महानगर युवा संघ कमिटी अध्यक्षमा दिपेश सुधाकार

काठमाडौ, २ चैत । नेकपा (एमाले) निकट युवा संघ नेपालले ‘सुशासन, समृद्धि राष्ट्रियता, नवीनता, सिर्जनशीलता, गतिशिलता भन्ने मूल नारासहित आफ्नो नवौँ महाधिवेशन यहि चैत २७ देखि २९ सम्म नेपालगञ्जको बाँकेमा गर्दैछ । युवा संघले महाधिवेशनकै सन्दर्भ पारेर विभिन्न जिल्लाहरुको अधिवेशन पनि तिव्रताका साथ सम्पन्न गर्दै आएको छ । यहि सिलसिलामा युवा संघ नेपालले काठमाडौं महानगर कमिटीको ऐतिहासिक पहिलो सम्मेलन सम्पनन गरेको छ ।

उक्त प्रथम अधिबेशनबाट दिपेश सुधाकारको नेतृत्वमा ४७ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन भएको छ । सो कमिटीको उपाध्यक्षमा चन्दन सिंह धारी र सचीवमा बिराजराज उपाध्याय चयन हुनुभएको छ ।

सहसचिवमा अमृत महर्जन, सहसचिव पुर्निमा महर्जन र कोषाध्यक्षमा पवित्र कुमारी राजबहाक चयन हुनुभएको छ । युवा संघका अध्यक्ष किरण पौडेलको प्रमुख आथित्यतामा सम्पन्न उक्त महाधिवेशनमा निवर्तमान प्रदेश सांसद राशेज शाक्यलगायतले सम्वोधन गर्नुभएको थियो । बन्दशत्र युवा संघका महासचिव क्षितित थेपेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उद्घाटन सत्रलाई सम्वोधन गर्दै केन्द्रीय अध्यक्ष किरण पौडेलले युवा संघले काठमाडौंको प्रत्येक वडामा पुगेर जनताको समस्यालाई समाधान गर्न लाग्न निर्देशन दिनुभएको थियो । उहाँले नियमित कार्यक्रम बनाएर जनताको बीच जाने र जनताको समस्या समाधान गर्न युवा संघले नेतृत्व गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

युवा संघका केन्द्रीय महासचिव क्षतिज थेवेले एमालेले मिसन ग्रासरूट अभियान चलाइ रहेको अवस्थामा त्यसलाई सहयोग गर्न के–के गरियो भन्ने देखाउनु पर्ने जिम्मेवारी युवाहरुको पनि भएको बताउनु भएको थियो । उहाँले ३० वर्ष मुनिका युवाहरूले महानगर सञ्चालन गर्ने उद्देश्य राखेर काम गर्न समेत गर्नुभएको थियो ।

नव निर्वाचित अध्यक्ष दिपेश सुधाकरले काठमाडौं महानगर आफू केही गर्ने इच्छा बोकेर राजनीतिमा आएको प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँले युवाहरूले राजनीति सफा गर्न पनि राजनीति गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले अहिले नेताहरूलाई चिया पसलमा बसेर गाली गर्नेहरूले आफूले देशका लागि के गरेर भनेर हिसाव किताव गर्नुपर्ने सुझाव दिनुभएको थियो ।