उपनिर्वाचन : आचारसंहिता आजदेखि लागू
काठमाडाैं, २४ चैत्र । आगामी वैशाखमा हुने उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागू भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आजदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू भएकाे हाे ।
उपनिर्वाचन हुने तीन जिल्लामा मात्र निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता पौडेलले जानकारी दिए ।
उपनिर्वाचन आगामी वैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ–१ मा हुँदै छ ।