पाल्पामा बस दुर्घटना, एकको मृत्यु, १८ जना घाइते

पाल्पा, १० वैशाख । पाल्पामा आइतबार बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

बुटवलबाट पाल्पाको लागि छुटेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै आज बिहान दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा घाइते हुनेहरूको अवस्था गम्भीर रहेको छ ।

बस खसेर भीरमा अड्किएको अवस्थामा रहेकाे र घाइते यात्रुहरुको उद्धार भइरहेको प्रहरीले जनाएकाे छ । बसमा यात्रु कति थिए भन्ने यकिन भइनसकेको प्रहरीकाे भनाइ छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *