प्रतिनिधि सभाका १० वटै समितिको बैठक आजै (१५ तस्बिर)

काठमाडौं, २ जेठ । ‘मिनि संसद्’ भनेर चिनिएको प्रतिनिधि सभाका १० वटै समितिको बैठक आजै बस्ने भएको छ, केहीको भने बैठक जारी छ । संसद् सचिवालयले दिएको जानकारी अनुसार समितिका बैठकहरुका लागि ९ बजे, ११ बजे र १ बजेको तालिका छ ।
अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ९ बजेबाट सुरु भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बिहान ९ बजे, कानून, न्याय तथा मानव अधिकार समितिको पनि बिहान ९ बजेदेखि र सार्वजनिक लेखा समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको पनि बिहान ९ बजेदेखि सुरु भएको छ ।
दिगो विकास तथा सुशासन समिति बिहान ११ बजे र विधायन व्यवस्थापन समिति दिनको १ बजे र राष्ट्रिय सरोकार तथा समन्वय समिति बिहान ११ बजेबाट सुरु हुनेछ ।