जहाँ युवा संघ, त्यहाँ उत्पादन अभियानसहित युवा परिचालनमा जुट्दै युवा संघ (सर्कुलरसहित)

काठमाडौं, २४ जेठ । युवा संघ नेपालले संगठनको दैनिक कामलाई सहजीकरणका लागि भन्दै केही विभागको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ । युवा संघले प्रचार विभागको जिम्मा निरज पौडेललाई दिएको छ । त्यसैगरी विदेश विभागको जिम्मा .विनय शाह र आर्थिक विभागको जिम्मेवारी राकेश राई (कोषाध्यक्षको भूमिका)लाई दिएको छ । युथफोर्सको जिम्मा.अमित पौडेल र साइबर सर्कलको अजित लामालाई दिएको छ । खेलकुदमा सम्पन्न श्रेष्ठ र कार्यालयमा कृष्णदत्त जैशीलाई दिएको छ ।

युथफोर्सको जिम्मो.अमित पौडेल र साइबर सर्कलको अजित लामालाई दिएको छ । खेलकुदमा सम्पन्न श्रेष्ठ र कार्यालयमा कृष्णदत्त जैशीलाई दिएको छ । युवा संघले जारी गरेको सर्कुलर अनुसार स्थानीय तह, वडा र टोलसम्म संघको कमिटी निर्माण गर्ने र जिल्ला तहका कमिटीसम्म ३३ प्रतिशत र सो मातहत कमिटीमा न्युनतम् ४० प्रतिशत महिला युवाहरुलाई अनिवार्य समेट्ने उल्लेख छ ।

‘जहाँ युवा, त्यहाँ युवा संघ’, एक घर, दुई सदस्यता’, एक कमिटी, एक रचनात्मक काम’, ‘जहाँ युवा संघ, त्यहाँ उत्पादन’ जस्ता अभियानसहित युवा परिचालन गर्ने सर्कुलरमा उल्लेख छ ।

‘बाटो बिराएर अन्यत्र लागेका युवाहरुलाई प्रवेश गराइनेछ । प्रत्येक युवालाई सैद्धान्तिक, राजनीतिक, उद्यमशीलता र जीवन उपयोगी प्रशिक्षण र तालिम दिइनेछ,’ सर्कुलरमा भनिएको छ, ‘सस्तो लोकप्रियता र भ्रममा परेर सामाजिक संजालको असामाजिक गतिविधिमा संलग्न युवाहरुलाई सभ्य र सुसंस्कृत गर्ने अभियान चलाइनेछ । प्रत्येक कमिटीमा अन्य विभागका अलावा साइबर सर्कल विभाग, सूचना प्रविधि विभाग, महिला युवा विभाग, युथफोर्स विभाग र विज्ञ युवा परिषद् अनिवार्य गठन गरिनेछ ।’
युवा संघको यस्तो छ सर्कुलर