युवा संघको प्रचार विभागको जिम्मेवारी निरज पौडेललाई

काठमाडौं, २४ जेठ । युवा संघ नेपालले संगठनको दैनिक कामलाई सहजीकरणका लागि भन्दै केही विभागको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ । युवा संघले प्रचार विभागको जिम्मा निरज पौडेललाई दिएको छ । त्यसैगरी विदेश विभागको जिम्मा .विनय शाह र आर्थिक विभागको जिम्मेवारी राकेश राई (कोषाध्यक्षको भूमिका)लाई दिएको छ । युथफोर्सको जिम्मा.अमित पौडेल र साइबर सर्कलको अजित लामालाई दिएको छ । खेलकुदमा सम्पन्न श्रेष्ठ र कार्यालयमा कृष्णदत्त जैशीलाई दिएको छ ।