‘बुक फ्रि फ्राइडे’ कार्यक्रम अनुगमनमा उपमेयर डंगोलसँगसँगै तीन घण्टा (भिडियो रिर्पोट)

काठमाडौं, ४ असार । विद्यालय भनेको बालकालिकाका लागि औपचारिक शिक्षण सिकाइको पहिलो थलो हो । विद्यालय भन्ने वित्तिक्कै पछिल्लो समय कितावका भारीले थिचिने गरी बालबालिकाहरु झोला बोकेर विद्यालयदेखि घर र घरदेखि विद्यालय जाने कुरा बढी प्राथमिकतामा पर्ने गरेको छ ।

अहिले पनि हामीले गाउँमा भन्दा सहरका चोक–चोकमा खिरिलो ज्यानका बालबालिका आफु हाराहारीको व्याक बोकेर सवारीको प्रतिक्षामा बसिरहेका वा कितावका भारी बोकेर घर–विद्यालय आवत–जावत गरिरहेका दृष्यहरु देखिरहेका हुन्छौँ । अझ यो परम्परा सरकाकारी र सामुदायिक विद्यालयमा भन्दा पनि नीजि विद्यालयहरुमा बढी देखिन्छ । शिक्षाको प्रतिस्पर्धा गर्ने नाउमा बोकाउने कितावका भारीको कथा विचित्रको छ ।

काठमाडौँ महानगरपालिकाले पछिल्लो समय पाठ्यपुस्तकविहीन सिर्जनात्मक सिकाइ (बुक फ्रि फ्राइडे) कार्यक्रम सुरु गरेसँगै यसको सकारात्मक चर्चा पनि देखिएको छ । शिक्षालाई सीपसँग जोड्ने अभियानसहित महानगरपालिकाले पहिलो चरणमा आफ्नो कार्य क्षेत्र ८९ सामुदायिक र सरकारी विद्यालयमा यो कार्यक्रम सुरु गरेको छ । विद्यार्थीहरूको व्यक्तित्व विकासका लागि सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान पनि दिने उदेश्यले सुरु गरेको यो अभियान प्रभावकारी बन्दै गएको देखिन्छ ।

हरेक शुक्रबार काठमाडौं महानगरपालिकाले विभिन्न विद्यालयमा पुगेर यसको अनुगमन समेत गर्ने गरेकाले पनि यसको प्रभावकारिता बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो समय जनप्रतिनिधिले नै प्रत्यक्ष रुपमा ‘बुक फ्रि फ्राइडे’ को अनुगमन गर्ने गरेका छन् । काठमाडौंँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पछिल्लो समय महानगरपालिका क्षेत्र भित्रका सबै सामुदायिक र सरकारी विद्यालयमा अनुगमनका लागि पुग्ने योजनासहित शिक्षा विभागको टोलीसहित हरेक शुक्रबार अनुगमनमा निस्किने गर्नुभएको छ । असार १ गतेको शुक्रबार मध्यान्हको चर्को घाँमलाई छिचोल्दै उपयमेर डंगोल नक्शालमा रहेको नन्दी रात्री माध्यामिक विद्यालय पुग्नुभयो ।

डंगोल उक्त विद्यालय पुग्दा विद्यालयको तेस्रो तलाको एउटा कोठामा विद्यार्थीहरु सिलाई कटिङमा व्यस्त थिए । डंगोल कोठामा छिरेसँगै विद्यार्थीहरुले निकै उत्साहित हुँदै स्वागत गरे । डंगोलले पनि उनीहरुको कामलाई नजिकबाट नियाल्दै खुशी व्यक्त गर्नुभयो । लहरै राखिएका लुगा सिलाउने मिसिनमा विद्यार्थीहरु व्यस्त थिए । केहीबेरको अनुगनपछि सिलाई बुनाइमा व्यस्त एक विद्यार्थीले उपमेयर डंगोललाई एउटा कविता सुनाउने अनुमति मागे । मुस्कानसहित डंगोलले पनि अनुमति दिनुभयो ।

कविता सुनेपछि डंगोलले उत्साहित हुँदै धन्यवाद दिनुभयो । उहाँले सिलाई–बुनाइ टे«निङबाट प्राप्त अनुभवबारे जिज्ञासा लिनुभयो । हरेक सिलाई मिसिनका नजिक पुगेर सबैसँग डंगोलले खुलेर कुराकानी गर्दा विद्यार्थीहरु पनि उत्साहित देखिन्थे । केही विद्यार्थीसँग हामीले कुराकानी गर्दा सबैले खुशी लागेको प्रतिक्रिया दिए ।

प्रशिक्षक विमलासँग पनि हामीले सिलाई–बुनाईबारे जिज्ञासा राख्यौँ । उहाँले पनि महानगरपालिकाको सहयोगको प्रसंशा गनुृभयो । प्रधानाध्यापक सीता काफ्लेले पनि ‘बुक फ्रि फ्राइडे’ प्रभावकारी रुपमा अघि बढिरहेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

त्यतिबेलासम्म उपमेयर डंगोल तल झरिसक्नु भएको थियो । नन्दी विद्यालयका प्राङणमा क्याप्टेन छनोटका लागि निर्वाचन भैरहेको रहेछ । केहीबेर डंगोल त्यहाँ सहभागी हुनुभयो । त्यसपछि उहाँ बागबजारमा रहेको शहीद शुक्र माध्यामिक विद्यालयतर्फ लाग्नुभयो । डंगोल शहीद शुक्र मावि पुग्दा सानासाना बालबालिकाहरु क्यारेमवार्डमा व्यस्त थिए । डंगोललाई देख्ने वित्तिकै सबै बालबालिका केहीबेर आफ्नो अभिभावकले बजारबाट केही चकलेट वा खेलौना लिएर आउँदा झुम्मिए जस्तो झुम्मिए । क्यारेमबोर्ड खेलिरहेका ती बालबालिकाले डंगोललाई एकअर्काको पोल सुनाउन थालेपछि डंगोलपनि मिठो मुस्कानसहित केहीबेर सम्झाउँदै झगडा नगरी खेल्न आग्रह गर्दै विद्यालयको तेस्रो तलामा उक्लिनुभयो ।

शहीद शुक्रमा पनि नन्दीको जस्तै सिलाई–बुनाईको काम भैरहेको रहेछ । त्यहाँ पनि कक्षा–९ कै विद्यार्थीहरु सिलाई–बुनाईमा व्यस्त थिए । डंगोलले केहीबेर त्यहाँ अनुगमन गर्नुभयो । नन्दीमा जस्तै त्यहाँ विद्यार्थीले पनि उमेयर डंगोल आफैँ आएर हौसला दिदाँ थप खुशी भएको बताए । प्रशिक्षक सविना कटुवालले ३३ दिनदेखि सिलाई कटाइको प्रशिक्षण दिइरहेको बन्दै धेरै विकास भएको सुनाउनुभयो ।

चर्को घाममा करीब तीन घण्टा जतिको अनुगमनपछि निकै थाक्नुभएकी उपमेयर डंगोलले अनुगमनको अन्तिममा कुराकानी गर्दै ‘बुक फ्रि फ्राइडे’ बारे भन्नुभयो । ‘बुक फ्रि फ्राइडे’ अर्थात् ‘पुस्तकविहीन शुक्रबार’ कार्यक्रम प्रभावकारी बनेकोमा डंगोल उत्साहित देखिनुहुन्थ्यो । सिकाइले विद्यार्थीको व्यक्तित्व विकासका साथै जीवनमा आइपर्ने समस्या समाधान गर्न सक्षम बनाउने बताउनुहुन्छ, महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइराला ।

भिडियो रिपोर्ट