फर्जी आवेदन परेपछि घोराही सिमेन्टको आईपीओ स्थगन
काठमाडौं, ४ असार । घोराही सिमेन्टको आईपीओ निष्कासन स्थगित भएको छ । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको हाे ।
फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएपछि नेपाल धितोपत्र बोर्डले
सोमबार यस्तो निर्णय गरेको हो ।
यसअघि बाेर्डले केयर रेटिङ नेपाल लिमिटेडलाइ तीन दिन भित्र स्पष्टिकरण दिन भनेकाेमा अटेर गरेकाे र कुनै आधार बिना आईपीओकाे म्याद थप गरेकाे जनाउँदै आईपीओ निष्काशनकाे सम्पूर्ण प्रकृया स्थगन गरेकाे जनाएकाे छ ।
