भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालत पाटनकाे आदेश
काठमाडौं, ७ असार । काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
नेपाल चलचित्र संघले दायर गरेको रिटमा उच्च अदालत पाटनका न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै गत सोमबारदेखि काठमाडाैं महानगरपालिकाका हलहरूमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए ।