शिक्षामा काठमाडौं महानगरको बजेटः १ अर्ब ३२ करोड ९ लाख, अब शिक्षकलाई मासिक तलब
काठमाडौंँ, १० असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि काठमाडौं महानगरले शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपैयाँ विनियोजन गरेको छ । यस अन्तर्गत ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि ५० करोड रुपैयाँ खर्च गर्ने उपमेयर सुनिता डंगोलले बजेट भाषणमा उल्लेख गर्नुभयो ।
त्यसैगरी काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले मासिक तलब खुवाउने भएको छ । यस अघि शिक्षकहरुले चौमासिक रुपमा तलब पाउँदै आएका थिए । त्यसका लागि आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा ३० करोडको सोध भर्ना कोष खडा गरेको छ ।