जहाज खरिद गर्नु मेराे निजी स्वार्थ होइन, राष्ट्रिय आवश्यकता हो : मन्त्री किराती
काठमाडाैं, २८ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जहाज खरिद गर्नु आ फ्नाे निजी स्वार्थ नभएको बताउनुभएकाे छ ।
राष्ट्रियसभा बैठकमा बिहीबार सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिनुहुँदै मन्त्री किरातीले जहाज खरिद गर्नु निजी स्वार्थ नभइ राष्ट्रिय आवश्यकता भएको बताउनुभएकाे हाे ।
मन्त्री किरातीले दुर्गम क्षेत्रमा विमानस्थलहरु बनेपनि त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान नभएकाले राष्टिय हितका लागि जहाज खरिद गर्नुपर्ने बताउनुभयाे ।
उहाँले नेपाल वायु सेवा निगमले तिनवटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडी बढाएको पनि जानकारी दिनुभयाे ।
उहाँलेले आफूले नेपालको प्रचलित कानून अनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको पनि बताउनुभयाे ।