जुम्लामा चट्याङले मरे ५० भेडाबाख्रा
जुम्ला, ३० असार । २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले जुम्लाको पातारासी गाउँपालिका-२ स्थित दुगाडा पाटनमा ५० भेडाबाख्रा मरेका छन् ।
पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले ५० भेडाबाख्रा मरेका र ७० भेडाबाख्रा हराएको जानकारी दिइन् ।
चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताए । सो गाउँपालिकाका स्थानीयवासी कृष्ण ऐडी, र मिमबहादुर बोहोराका भेडाबाख्रा चट्याङबाट मरेका हुन् ।
पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ ।