बैतडीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँचजना सिकिस्त
बैतडी, ५ साउन । बैतडीमा जंगली च्याउ खाँदा पाँच जना सिकिस्त बिरामी भएका छन् ।
स्थानीय जंगलबाट ल्याएको च्याउ खाएपछि पाँचै जना बिरामी भएकाे हाे ।
विषालु जंगली च्याउ खाएर बिरामी पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–३ तडीगाउँका ४८ वर्षीय टेकराज भट्ट, उहाँकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा दस वर्षीय भुवन, पाँच वर्षीय छोरा दशरथ र ७ वर्षीया छोरी शारदा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार विषालु जंगली च्याउ खाएर बिरामी भएका उनीहरुलाई उपचारका लागि स्थानीय वासुलिङ्ग स्वास्थ्यचौकी लगिएकामा त्यहाँ सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा लगेर भर्ना गरिएको प्रहरीले जनाएको छ ।