बारामा साउन मसान्तसम्म शतप्रतिशत रोपाइँ हुने
बारा, १९ साउन । बारामा साउन मसान्तसम्म शतप्रतिशत रोपाइँ हुने भएकाे छ ।
लामो समयदेखि पर्याप्तमात्रामा पानी नपरीे खडेरी हुँदा पनि बाराका कृषकले यही साउनमसान्तसम्म वर्षे धान रोप्ने भएका छन् ।
बारा कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्रप्रसाद यादवका अनुसार वर्षे धान भदैया, अग्हनी गरी कूल ४६ हजार २० हेक्टर जमिनमा धान रोपाइँ गर्ने लक्ष्य लिएकामा पर्याप्तमात्रामा पानी नपरेर खडेरी भए पनि भूमिगत सिँचाइ, गण्डक नहर, दमकल र पैनीको पानीले यही साउन मसान्तसम्म शतप्रतिशत धान रोपाइँ हुने देखिएको र हालसम्म करिब ८० प्रतिशत धान रोपाइँ भइसकेको छ ।
उक्त केन्द्रका बाली संरक्षण अधिकृत राजनाराणप्रसाद साहले यस वर्ष भदैया धान ११ हजार ९०५ हेक्टर र अग्हनी धान ३४ हजार हेक्टर जमिनमा गरी कूल ४६ हजार २० हेक्टर जमिनमा वर्षे धान रोपाई हुनुपर्नेमा उत्तरी क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ भने दक्षिणी क्षेत्रमा केही मात्रामा धान रोपाइँ हुन बाँकी रहेको भएको बताउनुभयो
आव २०७९/८० मा भदैया ११ हजार ९०५ हेक्टर, अग्हनी ३४ हजार ११२ हेक्टरसमेत गरी ४६ हजार २० हेक्टर जमिनमा वर्षे धानखेती गरिएको थियो ।