रोल्पा बस दुर्घटना : चारजनाको मृत्यु, १८ जना घाइते
रोल्पा, २३ साउन । रोल्पामा बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
रोल्पाको बाघमाराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको यात्रुवाहक बस रोल्पाको त्रिवेणी-७ टिला बजारनजिक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हाे
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार ३ पुरुष र १ महिलाको घटनास्थलमै मृत्यु भएको जनाएकाे छ । दुर्घटनामा १८ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर रहेकाे छ ।
मृत्यु हुनेमा माडी गाउँपालिका-४ रोल्पाकी हस्ता डाँगी, सोही ठाउँका गोरख डाँगी, परिवर्तन गाउँपालिका रोल्पाका भक्तबहादुर विक र माडी गाउँपालिका-२ रोल्पाका प्रकाश बाँठा छन् ।
तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रणबाहिर जाँदा दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ । बस सडकबाट १ सय मिटर तल खसेको जनाएकाे छ ।