बाँकेमा १५ वर्षीया किशोरी बलात्कृत

बाँके, २४ साउन । बाँकेमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

दैलेख दुल्लु नगरपालिका-६ धामीगाउँ बस्ने २३ वर्षीय सुरेश रावल १५ वर्षीया किशोरीलाई बलात्कार गरेकाे अभियाेगमा मंगलबार बिहान पक्राउ परेकाे हाे ।

रावलले ती किशोरीलाई गत बिहीबार नेपालगञ्ज घुम्न जाउँ भनि ललाई फकाई बाँके नेपालगञ्ज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित होटलमा लगी बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।